|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरी मटिहानी नगरपालिका-६ स्थित आगलागी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन्। 

काठमाडौँबाट फर्किएलगत्तै मुख्यमन्त्री यादवले मटिहानी पुगी आगलागीप्रभावित क्षेत्र निरीक्षणका साथै पीडित परिवारको अवस्थाबारे जानकारी लिएका हुन्।

पीडित परिवारसँग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको यकिन विवरण पठाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइसकेको र विवरण प्राप्त भएलगत्तै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रदेश सरकार जनताको सरकार रहेको बताउँदै मुख्यमन्त्री यादवले जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा तात्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए।

वैशाख १२ गते मटिहानी नपा-६ मा भएको भीषण आगलागीबाट १०३ घर जलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.