|

काठमाडौं : गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन भयो। शुक्रबार बिहान सात बजेदेखि भएको मतदानमा देशभरबाट करिब 'झन्डै ६४ प्रतिशत मत खसेको थियो।

निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए भने करिब ५५ हजार ६९८ महिलासहित कुल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा थिए। निर्वाचनमा सुरक्षार्थ करिब २ लाख ६० हजार सुरक्षाकर्मी र  ३ लाखको हाराहारीमा कर्मचारी खटिएका थिए।

निर्वाचनपश्चात् सुरु भएको मतगणना १२ औँ दिनदेखि जारी छ। अझै केही स्थानको अन्तिम नतिजा आइसकेको छैन्। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार ७ सय ५३ मध्ये  ७ सय ३९ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ।  यो अवधिमा देखिएका देखिएका रोचक दृश्य यस्ता थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको मतदान : गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रूवाखोला स्थित असिग्राम मावि मतदान केन्द्रमा मत खसालेका हुन्। देउवाले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। २००३ सालमा जन्मिएका देउवाले कक्षा ३ सम्मको प्रारम्भिक शिक्षा तत्कालीन असिग्राम प्राविबाट लिएका थिए। तस्वीर : प्रकाश पार्की

चुनाव र लफडा :  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका -४ ज्यामिरेमा सम्भावित झडपको व्यवस्थापनको तयारीमा नेपाली सेनासहितका सुरक्षाकर्मीहरू।
तस्वीर : दिनेश थापा

बिस्तारै हिड्नुस है बा : मतदान गर्न आइपुगेका एक वृद्धलाई डोहोर्‍याउँदै म्यादी प्रहरीकी एक जवान।
तस्वीर : शिला तिम्सिना

मतपेटिका बोकेर खेततिर : यमुनामाई गाउँपालिका-२ भिडियाही टोलमा मतपेटिका नै स्थानीयहरूले लिएर खेत-खेतै भागेका छन्। तस्वीर : निरञ्जन साह

आफ्नो भोट सन्ततिका लागि : मतदान केन्द्रमा मतदान गर्न आइपुगेकी एक गर्भवती महिला। उनले काठमाडौं महानगरपालिका-१६ बाट मतदान गरेकी हुन्।तस्वीर : शिला तिम्सिना

मतको व्यवस्थापन :  स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान सकिएको छ। मतदान सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गर्न लगिएको थियो। तस्वीर : शिला तिम्सिना

साथी पनि प्रतिष्पर्धी पनि : विराटनगर महानगरपालिकाका प्रमुखका तीन उम्मेदवार। नागेश कोइरालालाई उमेश यादव भन्छन् : अब त हाँस्न यार, तँलाई अविर लगाइदिन्छु। तस्वीर : सुजता लिम्बू

झरीले रोकिएन उत्साह : मकवानपुरको पनि १० वटै स्थानीय तहमा निर्वाचन भइरहेको छ। पाँच वर्षपछि भइरहेको निर्वाचन झरीले गर्दा बिथोलिएको थियो। हेटौंडासहित जिल्लाको विभिन्न स्थानमा परेको पानीले मतदान केहि समयको लागि बिथोलिए पनि मतदाताहरू मत हाल्न लामबद्ध भएका थिए।

तस्वीर : श्रीजना नेपाल

सिन्धुलीमा १०६ वर्षीयाले दिइन् मत : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका- १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवारले गरेकी थिइन्। उनको जन्म विसं १९७२ कात्तिक १७ गते भएको हो। तस्वीर : बुद्ध नेपाली

हर्कराज, नाम नै काफी छ : सुनसरीको धरान उपमहानगरपालिकामा मेयरमा विजयी भएका हर्कराज साम्पाङ स्थानीय तह चुनावमा एक्लै भोटको अपिल गर्दै हिडेँका थिए। तस्वीर : हर्कराज साम्पाङ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.