काठमाडौं : कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आव ०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आम सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने बताएकी छन्। हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाइने उनले उल्लेख गरिन्।
उनले नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलका रुपमा विकास गर्न यसको प्रवर्द्धन गरिने पनि बताइन्। उनले भनिन्‚ ‘आम सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइनेछ। हुलाक सेवालाई समय अनुकुल, आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाइने छ। चलचित्र मार्फत् अन्तरराष्ट्रिय स्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता एवं सुन्दरताको प्रचार प्रसार गरिनेछ। नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न प्रवर्द्धन गरिनेछ ।’
राष्ट्रपति भण्डारीले नेपालमै सुरक्षण मुद्रणको काम शुरु गर्न आधुनिक प्रविधिको उपयोग र क्षमता विस्तार गरिने पनि उल्लेख गरेकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।