|

काठमाडौं : आईसीसी  क्रिकेट विश्वकप लिग– २ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृंखलामा नेपालका करण केसी ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन्।

टेक्ससमा सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेका हुन्। ​अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृंखलामा १३ विकेट लिएका थिए ।

ओमानविरुद्ध दुवै खेलमा उनले ५\५ विकेट लिएका थिए। तर अमेरिकाविरुद्ध पहिलो खेलमा विकेट लिन सकेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.