|

संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीमा एकजना कैदीको मृत्यु भएको छ। पाँचखपन नगरपालिका-२ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको मृत्यु भएको छ।

तामाङको संखुवासभा जिल्ला अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ५ बजे मृत्यु भएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले जानकारी दिए।

बुधबार साँझ खाना खाएर सुतेका तामाङ राति अचानक विरामी भएपछि अस्पताल भर्ना गरिएको कारागार प्रमुख अधिकारीले बताए। जबरजस्ती करणी उद्योग मुद्दामा जेल चलान भएको तामाङ उपचारका क्रममा मृत्यु भएको हो।

तामाङलाई जिल्ला अदालत संखुवासभाले ०७८ भदौ १७ गते कैद ३ वर्ष ६ महिना कैद सजाय र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो। तामाङको शवलाई पोष्टमार्टमपछि बिहीबार दिउँसो परिवारको जिम्मा लगाइएको जिल्ला अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.