|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन नभएको ठाउँमा उम्मेदवार बन्न नेताहरूले नमानेको गुनासो गरेका छन्। 

पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धन भएको ठाउँमा उम्मेदवार बन्न प्रतिस्पर्धा गरे पनि एक्लै लड्न नचाहेको बताएका हुन्।  

उनले भने, ‘अब चुनाव आउँदै छ। उम्मेदवार बन्नुहुन्छ कि भाग्नुहुन्छ भन्ने थाहा छैन। गठबन्धनको उम्मेदवार भए सबै आकांक्षा गर्ने तर एक्लै भनेपछि भाग्ने परिस्थिति बन्यो स्थानीय तहको निर्वाचनमा। अब प्रदेश र संघको निर्वाचनमा के हुन्छ भन्ने थाहा छैन।’ 

एमाले र माओवादीबीच पार्टी एकता हुँदा वैचारिक रूपमा फरक नभए पनि केपी ओलीको अहंकारको कारणले असफल भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.