|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका नेता कार्यकर्तालाई आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। 

केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्। 

उनले भने, ‘अब पार्टीको परिचालन र ध्यान आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुनुपर्छ। अरूमाथि भरोसा गरेर चल्ने होइन। चुनावमा उम्मेदवार बन्न नसके पनि पार्टी प्रतिनिधिको भूमिका निर्वाह गर्न डमी उम्मेदवार बन्नुपर्छ। १६५ क्षेत्रमा उम्मेदवार तय गर्नुपर्छ।’

जिल्ला, पालिका, वडा र टोलमा संगठन निर्माणका लागि जुट्न उनले निर्देशन दिए। प्रतिनिधि र प्रदेशसभामा समानुपातिक मतको धेरै महत्व हुने भएकाले सबै ठाउँमा उम्मेदवार उठाउन जोड दिनुपर्ने बताए। स्थानीय तहको निर्वाचनको समीक्षाकै क्रममा रहेको उनको भनाई छ। 

उनले अहिले स्थानीय तहको निर्वाचनमा ९ लाख मत प्राप्त गरेको भएपनि अब २० लाख मत पाउन सक्ने अवस्था बनेको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.