|

काठमाडौं : सरकारले  अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने निर्णय पठाएको छ। 

मन्त्रिपरिषद्को निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई एसपिपीमा सहभागी नहुने निर्णय पठाएको गृहमन्त्री बालकृष्ण खाँणले बताए। 

उनले सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘एसपिपीको सम्बन्धमा सरकार गम्भिर छ। सरकारले एसपिपी अगाडि नबढाउने निर्णय गरेको थियो। अमेरिकी सेना र नेपाली सेनाबीच सहयोग आदानप्रदानको बिषयमा सम्झौता हुन्छ की भन्ने चर्चा चलेको थियो। तर सरकारले निर्णय गरेर परराष्ट्र मन्त्रालयमार्फत एसपिपीमा सहभागी नहुने पत्र पठाइसकेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.