|

सुर्खेत : राप्रपा नेपाल कर्णाली  प्रदेशको अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन्। सुर्खेतमा जारी कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिएको हो।

पार्टी अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन्। जिम्मेवार प्राप्त जोशी हाल केन्द्रीय सदस्यको भूमिकामा थिए। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि राजनीतिमा संलग्न थिए भने पहिला पनि जिल्ला र प्रदेश समितिमा बसी जिम्मेवारी बहन गरिसकेका छन्।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि श्रेष्ठले कर्णाली प्रदेश भौगोलिक रुपमा दुर्गम भएता पनि त्यो चुनौतीलाई पार गर्दै राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.