|

इलाम : विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी प्रदेश १ का खेलाडीलाई सम्मान गरिँदैछ। 

प्रदेश खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागी खेलाडीलाइ आइतबार सम्मान गर्न लागेको हो। विराटनगर एयरपोर्ट रोडमा रहेको पर्पलहेजमा खेलाडी सम्मान कार्यक्रम राखिएको बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए ।

सम्मानसँगै प्रदेश १ बाट अन्तरराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीको बृहत् भेला आयोजना गरिएको उनले बताए। हालसम्म प्रदेश १ बाट ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १५० भन्दा बढी खेलाडी सहभागी भएका छन्। खेलाडीलाई  सम्मानपत्र र नगद सहित मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मान गर्नेछन्। 

सोही कार्यक्रममा खेलाडीको पाँचवर्षसम्म निःशुल्क उपचार सेवाका लागि सम्झौता हुने भएको छ। नोबेल र काठमाडांै मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा पाँचवर्षसम्म उपचार हुनेगरी सम्झौता गरिने सदस्य सचिव वाग्लेले जानकारी दिए। बोर्डले यसअघि १४ वटै जिल्लाका महिला र खेलाडीलाई समेटेर ‘सेल्फ डिफेन्स’ तालिम सम्पन्न गरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.