|

काठमाडौं :  विश्वभरिबाट ६ महिनामा २ लाख ३७ हजार ६ सय ६० जना पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२२ को जनवरीदेखि जुनसम्ममा यति संख्यामा पर्यटक नेपाल घुम्न आएका हुन्। 

सबैभन्दा बढी जुन महिनामा ४७ हजार ८ सय २३ जना नेपाल आएको नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले जानकारी दिए। 

यस अवधिमा सबैभन्दा बढी दक्षिण एशियाली राष्ट्र, सार्क मुलुकबाट २६ हजार ३० (कुल आगमनको ५५ दशमलव ४ प्रतिशत) भएको छ भने अन्य एशियाली मुलुकहरूबाट २ हजार ३ सय ६९ अर्थात् ५ प्रतिशत आएका बोर्डले जनाएको छ। 

यो अवधिमा युरोपेली मुलुकबाट ४ हजार ७ सय ८७ जनाको आगमन भइरहँदा सोही महादेशबाट हाल युद्धका कारण चर्चामा रहेको युक्रेनबाट ४७ जना पर्यटक नेपाल आएको  तथ्यांकले देखाएको छ। अमेरिकी मुलुकबाट ८ हजार ९८० जना र अन्य मुलुकहरूबाट ३ हजार २४२ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.