|

बागलुङ : अविरल वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन्। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से र कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्डको दब्ल्याङमा सडक अवरुद्ध भएको हो। 

अविरल वर्षाका कारण दब्यालङमा पहिरो जादा कालीगण्डकी करिडोरसंगै बलेवा, भकुण्डे र कुस्मिशेरा जाने शाखा सडक समेत अवरुद्ध भएको छ। 

विहानैदेखि दुवै ठूला राजमार्गको पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।  

लोकमार्ग सडकको बोक्सेमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वत र बागलुङ नगरपालिकाको साझेदारीमा सडक खुलाउन थालिएको छ। कालीगण्डकी करिडोर भने सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहयोगमा खुलाउने प्रयास गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.