|

काठमाडौं : मधेस प्रदेशमा असारे विकासको नाममा अनियमितता भइरहेको आरोप लागेपछि सभामुख सरोजकुमार यादवले ८ सदस्यीय छानबिन समिति गठन गरेका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभाको बैठकमा असारे विकासको नाममा अनियमितताको विषय उठाउँदै छानविनका लागि समिति गठन गर्न माग गरेपछि सभामुख यादवले उपसभामुख उपमाकुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन्।

सभामुख यादवले १५ दिन भित्रमा प्रतिवेदन पेस गर्ने गरि उपसभामुख देवको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सदस्यहरूमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेकी छन्।

यस समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको ताल्चालगायत विषयमा अनुगमन तथा छानविन गरि १५ दिनमा सभामुख समक्ष प्रतिवेदन पेस गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.