|

ललितपुर : साहित्यिक पत्रिका ‘गरिमा’ को पुनर्प्रकाशन शुरु भएको छ। 

२०९ औँ भानुजयन्तीको अघिल्लो दिन मंगलबार साझा प्रकाशनको पुलचोकस्थित कार्यालय परिसरमा कार्यक्रम गरी गरिमा प्रकाशन शुरु भएको जानकारी गराएको हो। कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘गरिमा’ को साउन अंक विमोचन गरिन्।

नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको गरिमाको प्रकाशन २०७५ मंसिरदेखि रोकिएको  थियो। नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसमा प्रकाशन प्रारम्भ भएको ‘गरिमा’ साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णांक ३९६ निस्किएर बन्द भएको थियो। गरिमाको वर्ष ३९, अंक १, पूर्णांक ३९७ लाई २०७९ साउन अंक मानिएको छ।

भाषा–साहित्य, कला–संस्कृति र शिक्षाको विकास, बिस्तार एवं विविधिकरणमा शताब्दीभन्दा बढी ऐतिहासिक यात्रा पार गरेको साझा प्रकाशन विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण उत्पन्न परिस्थितिले सिर्जना गरेको चरम आर्थिक संकट व्यहोर्दै आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.