|

काठमाडौं : नेपाल फिल्म सोसाइटीको साधारण सभाबाट केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल सर्वसम्मत चयन भएका छन्।

त्यसैगरी उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल, कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ, सदस्यहरु चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन भएका छन्।

साधारण सभामा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्ति बारे प्रस्ताव पेश गरिएको थियो।​

विगत लामो समय चलचित्र क्षेत्रको हक अधिकार र उत्थानको लागि समर्पित नेपाल फिल्म सोसाइटी सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था हो। नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमासमेत रहेका छन्।

उक्त अवसरमा सल्लाहकारहरु चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पशुपति क्षेत्र विकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, वरिष्ठ निर्देशक उज्वल घिमिरे, अधिवक्ता कृष्ण प्रसाद ढुंगाना, कृष्ण पाठक, संचारकर्मी सूर्य चन्द र वाइ एल लामाको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.