|

काठमाडौं: ‘कतार प्रहरीको नाममा फेरि ठगीधन्दा सुरू’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यममा प्रसारित समाचार र त्यसमा श्रममन्त्रीकाे नै संलग्नता भएको भन्ने समाचारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति निकालेर मन्त्रालय वैदेशिक रोजगार विभाग र स्वयं यस मन्त्रालयका मन्त्रीको नाम जोडिनेगरी समाचार प्रसारण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले मन्त्री र सचिवबाट निरन्तर रुपमा वैदेशिक रोजगारीमा कोही पनि निर्धन र निमुखा सर्वसाधारण कसैबाट ठगिनु नपरोस् भनी विभिन्न व्यवस्था गरेको स्मरण गराउँदै काल्पनिक समाचार प्रकाशन/प्रसारण भएकोमा खेद प्रकट गरेको छ।

साथै यसमा मन्त्रालय र मन्त्रीको कुनैपनि किसिमको संलग्नता नरहेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

वैदेशिक रोजगार विभाग इजाजत पत्र लिएर वैदेशिक रोजगार व्यवसाय गरिरहेको मेनपावर कम्पनीमाथि हिजो आकस्मिक अनुगमन गरी त्यससम्बन्धी कार्य शंकास्पद देखिएकोले यस सम्बन्धी कागजात बरामद गरेको र बाँकी अन्य आवश्यक अनुसन्धान कार्यसमेत भैरहेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.