|

अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ। अफगानिस्तानमा पछिल्ला हप्तामा शृङ्खलाबद्ध विस्फोटहरू भएका छन्।

राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन्। अगस्ट छ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्र नजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र संघले निन्दा गरेको छ। यसमा परी एक सय २० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन्। यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ। अफगानिस्तानमा रहेको

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.