|

काठमाडौं : काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

गएरातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा भएकाले अझै केही समय सतर्कता अपनाउन भनेको हो। उपत्यकाको मनोहरा, गोदावरी, बागमती र विष्णुमती जलाधारको धेरै स्थानमा भारी वर्षा भएकोले जलसतह बढ्दो रहेको महाशाखा सुचना जारी गरी जानकारी गराएको हो।

यसैबीच, आज बिहान सुदुरपश्चिम प्रदेश बाहेक सबै प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा भएको छ । दिउँसो पनि देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । आज देशको पहाडी भुभागमा सामान्य बदली रही बाँकी भुभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.