|

काठमाडौं : आगामी मंसिर चारको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एउटै  चिन्ह र घोषणा पत्रबाट चुनाव लड्ने सहमति भएको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा एउटै चिह्नबाट चुनाव लड्ने सहमति बनेको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए। 

प्रचण्डलाई भेट्न समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव पुगेका थिए। एउटै चिह्न र घोषणापत्रबाट लड्ने सोमबारसम्म लिखित रुपमा समझदारी गर्ने तयारी रहेको उनले बताए। 

केही दिनयता प्रचण्ड र बाबुराम निरन्तर संवादमा थिए। जनता समाजवादी पार्टी जसपाबाट अलग भएपछि उनले हालै नयाँ पार्टी दर्ता गरेका थिए। उनले आफ्नो पार्टीको चुनाव चिह्न आँखा राखेका थिए। तर, प्रचण्डसँग माओवादी केन्द्रकै गोलाकारभित्र हँसिया हथौडा चिह्नबाट लड्ने सहमति गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.