|

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन्।

सोमवार कानून, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समिति अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाणले विधिको शासन र मानव अधिकारलाई सुदृढ बनाउनु साझा दायित्व भएको बताएका हुन्।

उनले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गरे। उनले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट गरे।

उनले भने, ‘विधिको शासन र मानव अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधारशिला हो। यसलाई सबल साथै सुदृढ गराउनु र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल गराउनु हामी सबैको साझा दायित्व हो।'

मन्त्री खाणले मानव अधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरूले खबरदारी गरिरहेको भन्दै अधिकारकर्मीहरूको प्रशंसा गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.