|

जनकपुर : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर आफैँमाथि ठूलो प्रश्न उठाएकाे बताएका छन्।

सोमबार जनकपुरधाममा आयोजित पीछडावर्ग महासंघको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली सरकारले यही व्यहोराको अध्यादेश ल्याउँदा तत्कालै प्रमाणीकरण गरेको तर संसदबाट पास भएकाे विधेयक फिर्ता गर्नुले उनी मुलुकको राष्ट्रपति हो कि एमालेको कार्यकर्ता हाे ? भन्ने प्रश्न उठेको बताए।

अध्यक्ष यादवले भने, ‘यस्तै व्यहोराको अध्यादेश ओली सरकारले ल्याउँदा नपढी प्रमाणीकरण गर्नु भएको थियो ? होइन भने उहाँको यस कदमले उहाँ माथि नै प्रश्न उठेकाे छ।'

नागरिकताविहीन नेपाली नागरिकका लाखौँ सन्तानहरुलाई नागरिकता उपलब्ध गराउने उद्देश्यले ल्याइएको विधेयक फिर्ता हुनुले मुलुकमा ठूलो षडयन्त्रको गन्ध आउन थालेको अध्यक्ष यादवको तर्क थियो।

राष्ट्रपतिले फिर्ता पठाउँदै विधेयक निष्क्रिय नहुने दाबी गर्दै अध्यक्ष यादवले चाँडै पुनः प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर विधेयक पठाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.