|

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्टमा घरेलु टोलीले राम्रो प्रदर्शन गरेको छ। दोस्रो दिन इंग्ल्याण्डले ४ सय १५ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको छ।

म्यानचेस्टरमा जारी दोस्रो टेस्टमा इङ्ग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले १ सय ३ रन र बेन फोक्सले १ सय १३ र बनाएर अविजित रहे।

उसका लागि थप रनका रूपमा जोनी ब्यरस्टोले ४९ रन बनाउँदा ओली पपले २३ रन बनाएका थिए। औली रोबिनसनले १७ रन बनाएका थिए।

दोस्रो दिन नै दोस्रो इनिङ सुरु गरेको दक्षिण अफ्रिकाले विना विकेटको क्षतिमा २३ रन बनाएर क्रिजमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.