|

भोजपुर : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले  नाम सिफारिस गरेको छ। 

एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले ३८ जनाको नाम सिफारिस गरेको हो। 

प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृपासुर शेर्पाको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी दिए।

समानुपातिकतर्फ पासाङदोर्ची शेर्पा र शशी रोक्काको नाम सिफारिस गरिएको छ। एमालेले प्रदेशसभा (क) प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरेको छ।

बैठकले हरि बहादुर राई,देवीराम चौलागाई, प्रकाश पौडेल, प्रशुराम अधिकारी, योगेन्द्र खत्री र  रोशन बस्तेतको नाम सिफारिस गरेको हो। समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस गरेको छ।

समानुपातिकमा इन्दिरा घले, खगेन्द्र राई, ठाकुरसिं राई, दिपेन्द्र प्रसाद घिमिरे, विनिता तामाङ, विष्णु बहादुर राउत, भोजबहादुर भुजेल, राजकुमार दंगाल (समुल) लक्ष्मी कला राई (जिसी) सुवास मगर र शेरबहादुर श्रेष्ठको नाम सिफारिस गरेको हो। 

त्यस्तै प्रदेशसभा (ख) प्रत्यक्ष तर्फ खड्ग बहादुर कार्की (प्रेम), तीर्थकुमार राई, ध्यान बहादुर राउत, पर्शुराम अधिकारी, पारुहाङ राई, राजनकुमार श्रेष्ठ र सृजना राईसहित सात जनाको नाम सिफारिस गरिएको छ। 

प्रदेशसभा (ख) समानुपातिक तर्फ कुमार फुयाल, चित्रलाल विक, दुर्गा रणपंहेली, पिवन्त न्यौपाने, बन्दना राई, मुक्ति राई, लालबहादुर विक, राजकुमार कार्की र सजना दर्जीसहित नौ जना सिफारिस भएको एमाले जिल्ला उपाध्यक्ष मक्कर खड्काले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.