|

सर्लाही : सर्लाहीमा मतदाताको संख्या  चार लाख ७९ हजार बढी मतदाताको सङ्ख्या पुगेको छ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार जिल्लामा कुल मतदाताको सङ्ख्या चार लाख ७९ हजार ३८ पुगेको हो। गत वैशाख स्थानीय तह निर्वाचनमा जिल्लामा चार लाख ७४ हजार ४३९ जना मतदाता थिए।

अहिले चार हजार ५९९ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कुल मतदातामध्ये दुई लाख ५९ हजार ४१४ जना पुरुष, दुई लाख १९ हजार ६१४ जना महिला र १० जना अन्य रहेका छन्।

यस्तै, सर्लाहीमा ३१२ वटा मतदातस्थल र त्यसअन्तर्गत ६०० मतदान केन्द्र कायम भएका छन्। यसअघि जिल्लामा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र रहेका थिए। अहिले छवटा मतदानस्थल नजिकैको अर्को मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोखरेलले जानकारी दिए।

मतदातालाई भौगोलिक रुपमा अपायक पर्ने, मतदानस्थलका लागि आवश्यक पर्ने भौतिक संरचना नरहेका छवटा मतदानस्थललाई नजिकैको अर्को मतदानस्थलमा  गाभिएको हो। यस्तै, १८ वटा मतदानस्थललाई अर्को नयाँ ठाउँमा मतदानस्थल कायम गरी त्यहाँ स्थानान्तरण गर्ने निर्वाचन आयोगबाट स्वीकृत भएर आएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.