काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १० जना मात्रै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ सय ७८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित थपिएका हुन्।
आज ७६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।
यसका साथै हाल देशभर ३१ हजार १०३ जना डेंगु संक्रमित रहेका छन्। गत साउनयता बढ्दै गएको डेंगुबाट हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।