|

 काठमाडौं : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ। आइतबार  जोशीलाई श्रद्धाञ्जली दिन ललितपुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम मन्त्री  सो कुरा बताएका हुन्। 

 एकदिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि  सरकारले  सरकारले आधिकारीक सूचना निकाल्न बाँकी रहेकोे उनले बताए। मन्त्रालयले प्रस्ताव पेस गरेको छ तर बिदा  सोमबार दिने कि मंगलबार दिने भन्ने  विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ। 

आफूले मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गर्ने उल्लेख गर्दै सरकारले बिदाको निर्णय गर्ने  उनको भनाइ थियो।  जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान  निधन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.