|

बागलुङ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल) का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन्।

कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिस्कार कार्यक्रमको कोण सभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बताए।

कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीको टोलीले उनीहरूलाई निर्वाचनविरोधी पर्चासहित कोण सभा कार्यक्रम गरेको स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ५३ वर्षीय देवबहादुर लामिछाने, केन्द्रीय सदस्य ४६ वर्षीय सूर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम साँस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक, नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौं महानगरका अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रीय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.