|

काठमाडाैं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मतदान तथा मतगणना कार्यमा खटिएका सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका छन्।

शनिबार प्रमुख निर्वाचन आयुक्त थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका कर्मचारीहरुलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका हुन्। 

‘मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय हो। यो जिम्मेवारी गरिमा र मर्यादालाई कायम राख्दै मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्नोस्,’ उनले निर्देशन भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नोस्।’

विशेष निर्देशनको पूर्ण विवरण :

मतदान तथा मतगणना कार्यमा खटिएका कर्मचारी साथीहरू,

यो महत्वपूर्ण जिम्मेवारीमा नियुक्त भइ कार्य सम्पादन गर्न खटिनु भएकोमा म सबैलाई बधाई दिन्छु र केही सन्देशसहित शुभकामना दिन चाहन्छु।

१. मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय हो। यो जिम्मेवारी गरिमा र मर्यादालाई कायम राख्दै मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्नाेस्।

२. नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्ण रूपमा पालना गर्नाेस्।

३. व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नाेस्।

४. निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्छन्। तर कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन प्रतिबद्ध भएर लाग्नोस्।

५. निर्वाचनमा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीको दुरूपयोग गर्न नदिनोस्। कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानुनबमोजिम प्रतिकार गर्नाेस् तर कदापी यस्ता कार्यको मतियार नबनोस्।

६. मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरूबाट पर्न सक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्नाेस्।

८. राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य नगर्नाेस्।

९. मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्नाेस्।

तपाइको नैतिक आचरण, व्यवहार र कार्यशैलीले निर्वाचनको स्वच्छता र स्वतन्त्रताको मापन हुन्छ। त्यसैले कुनै पनि काम गर्दा आफूले आफूलाई सोध्नोस्, छातिमा हात राखेर निर्णय गर्नाेस्। तपाईको कामले तपाई आफै लज्जित हुनुपर्ने अवस्था आयो भने हामी सबैको दुर्भाग्यको विषय हुनेछ। तपाई जे काम गर्दै हुनुहुन्छ, निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ। म तपाईहरु सबैलाई बिश्वास सुम्पन चाहन्छु र सम्पूर्ण सफलताको कामना गर्दछु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.