|

म्याग्दी : म्याग्दीमा नेपाली कांग्रैसका उम्मदवारले अग्रता लिएका छन्। निर्वाचन सकिएको २८ घण्टा पछि बेनीस्थित जिल्ला समन्वय समितिको हलमा सुरु भएको मतगणनामा नेपाली कांग्रेसका  उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) ले सुरुवाती अग्रता लिएका हुन्। कांग्रेसले ३०८ मत प्राप्त गरेको छ।

त्यस्तै,नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७७ मत ल्याउँदै कांग्रेसका उम्मेदवार गर्बुजालाई पछ्याएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ८, राप्रपाले ३, स्वतन्त्रको चील चुनाव चिन्हले २,पुतलीले  १ मत प्राप्त गरेका छन् भने ९ मत बदर भएका छन्।

जिल्लाभरि ८६ हजार १२० मतदाता रहेकोमा  ५० हजार ६२५ मत खसेको थियो। प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट मतगणना सुरु गरिएको छ। अहिले २ नम्बर वडा लुलाङको मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.