|

काठमाडौं : फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन्।

अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका हुन्। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगिएको हो ।

खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। उनको यो पहिलो विश्वकप गोल हो।

तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए।

अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो। जसमा बेलले सहजै गोल गरे।  यस बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.