|

मोरङ : मोरङ क्षेत्र नं. ६ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका डा.शेखर कोइरालाले एक हजार ७७७ मतसहित अग्रस्थानमा छन्।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार ६९६ मतगणना गर्दा  एमालेका लालबाबु पण्डितले एक हजार ६३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ५१३ प्राप्त गरेका छन्।

यसैगरी क्षेत्र ६ को प्रदेश १ तर्फ एमालेकी रीता न्यौपाले एक हजार ९४६, नेकपा माओवादी केन्द्रका जीवन आचार्यले एक हजार ४१२ र राप्रपाका हीरा भट्टराईले ८५७ मत ल्याउनुभएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.