|


काठमाडौं : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँगको तस्वीर आफ्नो फेसबुक पेजमा राखेकी छिन् । उनले फोटो मात्रै शेयर गरेकी होइनन्, क्याप्सन लेखेकी छिन् ‘फोटोमा सन्देश छ’ । 

पूर्व सहकर्मीहरुसँग झाँक्रीको भेट काठमाडौं फर्कने बेला भैरहवा विमानस्थलमा भएको हो। पूर्व एमाले नेतृ झाँक्री पार्टी विभाजनमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । उनी गुल्मी २ बाट नेकपा एमालेका नेता गोकर्ण विष्टसँग पराजित हुन पुगिन् । 

जम्काभेट हुनु र फोटो खिच्नु सामान्य भए पनि त्यसलाई सामाजिक सञ्जालमा राख्दै फोटोमा सन्देश छ भन्दै लेख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.