|
काबुलस्थित मदरसामा परीक्षा दिँदै अफगान छात्रा। तस्वीर : गान्धार

इस्लामाबाद: अफगानी छात्राले हाइस्कुलको परीक्षा दिन पाएका छन्। तालिवान नेतृत्वको सरकारका एक अधिकारी र कागजातहरूबाट उक्त खुलासा भएको हो। अफगानिस्तानमा सत्ता लिएपछि तालिबानले केटीहरूलाई कक्षामा जान प्रतिबन्ध लगाएको थियो।​

एसोसिएटेड प्रेसलाई प्राप्त तालिबान शिक्षा मन्त्रालयका दुई कागजातका अनुसार यो निर्णय अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३१ वटामा लागू भएको छ। ती ३१ प्रान्तमा डिसेम्बरको अन्त्यमा विद्यालयमा जाडोको बिदा शुरु हुन्छ।

काबुलको शिक्षा विभागका प्रमुख एहसानुल्ला किताबले परीक्षा बुधबार हुने बताएका थिए। उनले अन्य विवरण पनि दिएनन् र कति जना छात्राले परीक्षा दिन पाउने छन् भन्ने पनि खुलाएनन्। काबुल शिक्षा विभागका कागजातअनुसार परीक्षा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ।

सेप्टेम्बरमा पदभार ग्रहण गरेका शिक्षामन्त्री हबिबुल्ला आगाले हस्ताक्षर गरेको कागजातले अफगानिस्तानका ३१ प्रान्तमा परीक्षा सञ्चालन हुने जानकारी मिलेको थियो।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.