एल पासोमा मात्रै हरेक दिन करिब १५०० आप्रवासी आउँछन्

|

गुजरातका वृजकुमार यादवको हालै अमेरिका प्रवेश गर्ने क्रममा मृत्यु भएको छ।

उनीजस्तै विश्वभरबाट हजारौं आप्रवासीहरू अमेरिकाको छिमेकी देशबाट सीमा पार गर्ने प्रयास गर्छन्। कसैलाई सफलता मिल्छ, कसैलाई ज्यान गुमाउनुपर्छ वा कानुनी कारबाही भोग्नुपरेको छ।

तर सीमानामा पुग्न कम गाह्रो छैन, उनीहरू जंगल, पहाड, खोला तरेर र हजारौं किलोमिटरको यात्रा गरेर धेरै देश पार गरेर सीमामा पुग्छन्।​

आप्रवासीहरूको लागि अन्तिम बिसौनी अमेरिकी सीमा नजिकैको टेक्सासको एल पासो सहर हो, जहाँ बीबीसीले स्थलगत रिपोर्टहरू मार्फत आप्रवासीहरूको अवस्थाबारे जान्न खोजेको थियो।​

विलामारी कामाचो, आफ्नो चार महिनाको बच्चा र तीन वर्षीया छोरीसँग, हजारौं माइल पहाड र जंगल पार गरेर, रोगसँग लड्न र बाटोमा हिंस्रक लुटपाट, अमेरिकी सीमासम्म पुग्नुपरेको थियो।

भेनेजुएलामा बस्ने विल्मारीले बीबीसीलाई भनिन्, 'यो सम्पूर्ण यात्रामा जंगलको भाग सबैभन्दा गाह्रो थियो। जंगलमा मानिस मृत अवस्थामा फेला परेको थियो, माथिबाट जंगली जनावरको डर पनि थियो। यो निकै खतरनाक यात्रा थियो।'

उनी भन्छिन्, 'मेरा बच्चाहरू थिए। बच्चाहरूसँगको दिनहुँ कष्टकर यात्रा कारुणिक थियो।'​ 

अमेरिकाको सीमाना पुग्दा के हुन्छ?

यो हप्ता मिस क्यामाचो आफ्नी जेठी छोरी मियासँग शहरको डाउनटाउनको फुटपाथमा बसिरहेकी थिइन्। उनीसँग कम्बलको थुप्रो थियो। उनका श्रीमान् अलि टाढा आफ्नो यात्राको योजना बनाउँदै चुरोट पिइरहेका थिए।

उनको यात्रा अझै टुंगिएको थिएन। गत वर्ष यहाँ आएका २० लाख आप्रवासीमध्ये २३ वर्षीय कामाचो पनि एक हुन्। आगामी वर्ष यो संख्या अझै बढ्ने आशंका गरिएको छ। एल पासो एउटा सहर हो जहाँ हालैका हप्ताहरूमा आप्रवासीहरूको आगमन तिव्र रूपमा बढेको छ, स्थानीय अधिकारीहरूलाई आवश्यक स्रोतहरू जुटाउन संघर्ष गरिरहेका छन्।

कामाचो परिवार जस्तै, अमेरिकामा शरणार्थीहरूको जीवनमा नयाँ अध्याय सुरु हुन्छ। उनीहरूले अमेरिकी सीमामा रहेको भन्सार तथा सीमा गस्ती (सीबीपी) अगाडि आफूलाई हाजिर गर्नुपर्छ। यहाँ प्रक्रिया पूरा भएपछि उनीहरूलाई स्थानीय प्रशासन र संस्थालाई हस्तान्तरण गरिन्छ, जसले उनीहरूको खाना, पानी, लत्ताकपडा र बासको तत्काल व्यवस्था गर्छ।

एल पासोमा मात्रै हरेक दिन करिब १५०० आप्रवासी आउँछन्। यहाँ समर्थन समूहहरूले आप्रवासीहरूलाई उनीहरूको अगाडिको यात्रा योजनाहरूमा मद्दत गर्छन्। यसपछि उनीहरूले आफ्नो निवेदनमा अदालतको निर्णय पर्खनुपर्ने हुन्छ।

देशमा उनीहरूको हैसियत के हुन्छ भन्ने निर्णय गर्ने अदालत हो । यस समयमा मानिसहरूले आफ्नो परिवारलाई भेट्ने वा अमेरिकामा काम खोज्ने आशामा अगाडि यात्राको योजना बनाउँछन्। यो हप्ता एल पासोको सडकमा, बीबीसीले धेरै आप्रवासीहरूसँग अमेरिकामा उनीहरूको गन्तव्यको बारेमा कुरा गरेको थियो।

यी मध्ये केही 'प्रायोजित' आप्रवासीहरू थिए जसलाई आफन्त वा साथीहरूबाट आर्थिक सहयोगको वाचा गरिएको थियो, जबकि अरूहरू सम्पर्कविना यात्रा गरिरहेका थिए।

‘राम्रो भविष्यको आशामा दुःख भोग्नु परेको छ’

निकारागुआका निवासी एलोइस एसेभेडो भन्छिन्, ‘म न्युयोर्क जाँदैछु। त्यहाँ मेरो एक नातेदार छन्।’ यो यात्रामा आफ्नो सबै पैसा लुटिएको उनले बताइन्। उनी एक्लै छिन् र अहिले उनीसँग एक पैसा पनि छैन्।

उनले भनिन्, ‘शहरबाट एक केटा आएर सहयोग गर्ने वाचा गरे। तर पछि कोही पनि सहयोग गर्न आएनन्।’ मिस एसेभेडोको लागि न्यूयोर्क पुग्न धेरै महत्त्वपूर्ण छ।आँखाभरि आँसु बोकेर उनले एक वर्षको छोरासहित तीन छोरालाई छोडेर निकारागुआ आएको र आफन्तबाट मात्रै आशा रहेको बताइन् ।

डोमिनिकन रिपब्लिकका निवासी एलियानी रोड्रिग्वेजले बीबीसीलाई यात्राको सबैभन्दा कठिन भाग पर्खिरहेको र  अब के हुन्छ भन्ने उनलाई थाहा छैन।

उनी न्यू जर्सी जान चाहन्छिन् जहाँ उनका साथी र आफन्त छन्। अमेरिकाको यस राज्यमा डोमिनिकन मूलका मानिसहरूको उल्लेख्य संख्या छ। ‘म आफ्नो परिवारको लागि राम्रो भविष्य सुरु गर्न सक्छु भन्ने  विश्वासका साथ विगत नौ दिनदेखि यो पागल अवस्थामा बाँचिरहेको छु,’ उनले भनिन्।

मिस रोड्रिगेजले लामो समय पर्खनु पर्दैन। बुधबार उनले न्युयोर्क जाने टिकटको व्यवस्था नगर प्रशासनले गरेको बताइन्।​

अमेरिकामा कहाँ जाने, के गर्ने थाहा छैन

कतिपयलाई भविष्यको बारेमा केही थाहा छैन भने केही मानिस अमेरिकामा नयाँ जीवन सुरु गर्न चाहन्छन्।

तीमध्ये एक चिली नागरिक केनिया कोन्ट्रेरास र उनको भेनेजुएलाका पति एन्थोनी भाब्रा हुन्। उनीहरूसँगै उनका चार वर्षको छोरा पनि छन्।

अन्ततः यी मानिसहरू अमेरिका पुगेका छन् तर उनीहरूलाई चिलीबाट अमेरिकी सीमासम्म पुग्न नौ देश पार गर्नुपरेको थियो।​

एन्थोनी भन्छन्, ‘हामी यहाँ एटलान्टामा छौं र ह्युस्टनमा मेरो परिवार छ। तर हामी कुनै पनि जीवनमा बाधा पुर्‍याउन चाहँदैनौं। यदि अरू मानिसहरूले मद्दत बिना गर्न सक्छन् भने हामी पनि गर्न सक्छौं। हामी काम गर्न यहाँ छौं।’

यद्यपि उनले आफू कहाँ जाने र के गर्ने भन्ने थाहा नभएको बताउँछन्। मिस कोन्ट्रेरास भन्छिन्, ‘म यो बच्चालाई राम्रो जीवन दिन चाहन्छु... भगवानले उसलाई जहाँ लैजानुहुन्छ, ऊ जान्छ।'

यति भनिरहँदा उनले फुटपाथमा बसेर जुत्ताको फिताले खेलिरहेको बालकलाई औंल्याइन्।​

बिबीसीबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.