|

दोलखा : दोलखाको तामाकोशी गाउँपालिकाले कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने भएको छ।

गाउँपालिकाले औपचारिक कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रोणप्रताप केसीले जानकारी दिए। उनका अनुसार पालिकामा हुने कार्यक्रममा खादा र ब्याच प्रयोग गर्दा अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै खर्च कम गर्न पालिकाले यस्तो निर्णय गरेको हो।

स्थानीय स्तरमा उत्पादन हुने पुष्पको माला भने प्रयोग गर्ने केसीले बताए। पालिकाले यसअघि नै पालिका तथा मातहतका अन्य निकाय वा संघसंस्थालाई औपचारिक कार्यक्रममा खादा तथा ब्याच प्रयोग नगरी स्थानीय स्तरमा उत्पादन हुने फूल र कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्न परिपत्र गरेको समेत गरेको थियो।

कतिपय संघसंस्थाले औपचारिक कार्यक्रममा खादा र ब्याच प्रयोग गरिरहेको भन्दै पालिकाले आगामी दिनमा पालिकाभित्रका संघसंस्था र कार्यालयले कुनै पनि औपचारिक कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्न अनुरोध गरेको छ।

पुष्प व्यवसायलाई प्रोत्साहन गर्न पालिकाले रकम प्रदान गर्ने र उनीहरूबाटै कार्यक्रममा माला खरिद गर्ने समेत तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.