काठमाडौं : सर्वोच्च अदालतले एकपटक प्रयोग गरेर निष्क्रिय भइसकेको मोबाइलको सीमकार्ड पुन: अर्को व्यक्तिलाई बेच्न नपाउने आदेश दिएको छ।
कुनै एक जनालाई बिक्री भइसकेको सिम एक्टिभ नभए पनि अरु कसैलाई बेच्न नपाइने आदेश दिएको हो। सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।
यसअघि कुनै पनि व्यक्तिको नाममा जारी भएको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गर्ने र खारेज भएको मितिबाट ६ महिनापछि पुनः बिक्री वितरण गर्ने पाउने व्यवस्था थियो।
सर्वोच्चको दूरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशन कार्यान्वयन नगर्न/ नगराउन भन्दै अन्तरिम आदेश दिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।