|
फाइल फोटो

काठमाडौं : पौष शुक्ल पूर्णिमाको अवसरमा साँखुस्थित शालीनदीमा एक महिने माधवनारायण व्रत सुरु हुँदैछ।

पूर्णिमाको बेलुकी माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रत सुरु हुन्छ। 

यहाँ व्रत बस्नेहरूले दिनहुँ बिहान सबेरै शालीनदीमा स्नान गरी माधवनारायणको पूजा आराधना गर्छन्। 

काठमाडौंको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा एक महिना माघस्नानसहित माधवनारायणको मेला लाग्छ। 

भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको व्रत सुरु हुँदैछ। माधवनारायण व्रत माघ शुक्ल पूर्णिमामा समापन हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.