|

दोलखा : फागुन २१ देखि २७ गतेसम्म दोलखा महोत्सव हुने भएको छ। नेपाल चेम्बर अफ कमर्श दोलखाको आयोजनामा उक्त महोत्सव सञ्चालन हुनेछ।

चेम्बर अफ कमर्श दोलखाले  सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै जिल्लामा महोत्सवको तयारी शुरु भएको जानकारी गराएको छ।

कोभिडले व्यापार व्यवसाय अझै लयमा नआएको र व्यापार व्यवसाय लयमा फर्काई आर्थिक चहपहल बढाउन महोत्सव आयोजना गर्न लागिएको चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए। महोत्सवमा सांस्कृतिक प्रस्तुतिसहित स्थानीय उत्पादन प्रदर्शनीमा राखिने तयारी भएको छ।

कृषि, आर्थिक क्षेत्र उकास्न, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई जिल्लालाई समृद्ध बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.