|

काठमाडौं : सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्। ​घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएका हुन्। 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार  बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा शनिबार बिहान ११ बजे बस्नेछ। 

घिमिरेले सभामुख निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो। उनी गत बिहीबार प्रतिनिधिसभामा १६७ मत प्राप्त गरी सभामुख निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.