|

काठमाडौं : जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। मन्त्री खानले बुधबार सिंहदरबार स्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्। 

गत पुस ११ गते मन्त्रीका रूपमा शपथ ग्रहण गरेका खानले माघ ३ गते मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर, आफूले रोजेको मन्त्रालय उद्योग मन्त्रालय नपाएको भन्दै कार्यभार सम्हाल्न अस्वीकार गर्दै आइरहेका थिए। 

मन्त्री खानले  प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलगायतका आग्रहमा कार्यभार सम्हालेको बताए। 

‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरू अगाडि बढाउन पनि सजिलो हुन्छ भनेका कारण मन्त्रालय सम्हाल्न राजी भएँ,’ उनले भने। 

मन्त्री खानले खानेपानी क्षेत्रका समस्या समाधानमा आफू केन्द्रित हुने बताए। उनले राम्रो र इमान्दारी पूर्वक काम गर्नेहरूलाई आफूले साथ दिने बताउँदै दायाँ–बायाँ नगर्न कर्मचारीलाई चेतावनी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.