रौतहट : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलीय भागबण्डामा नभएर सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन्। रौतहट सदरमुकाम गौरको विपी स्मारक तथा घण्टाघरको बिहीबार शिलान्यासपश्चात पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘सत्ताधारी दलको धारणा के छ, उनीहरूबाट मात्रै हो त्यसमा मलाई केही भन्नु छैन तर देश विकास र अग्रगमनको दिशामा अघि बढ्न सबैको साझा उम्मेदवार भएमात्र उपयुक्त हुन्छ‚’ नेपालले स्पष्ट पारे।
दलीय भागबण्डामा सन्तुलन बिग्रन सक्ने भएकाले सबै दलको छलफलपछि एकढिक्का भएर राष्ट्रपतिको उम्मेदवारी दिएमा राम्रो हुने उनले बताए। प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति उम्मेदवारको विषयमा आफूसँग अहिले कुनै कुरा नभएको पनि उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।