|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई फेरि सर्वसम्मतिबाट केन्द्रीय सभापति चयन गरेसँगै बैठक तथा विस्तारका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।

लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता कायम गराएपश्चात् केन्द्रीय सदस्यमा पार्टीले मनोनीत गरेको थियो।

समितिको बैठकले विशेष कारणवश स्थगित पार्टीको संगठन विस्तारसम्बन्धी पूर्वनिर्धारित कार्यतालिकाबमोजिम यही माघ २१ गतेदेखि फेरि सञ्चालन गर्ने निर्णयसमेत गरेको रास्वपाका प्रवक्तासमेत रहेका महामन्त्री डा मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार संगठन विस्तारका लागि गण्डकी प्रदेशको पोखरामा माघ २१ गते‚ लुम्बिनीको दाङमा माघ २४ गते‚ सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ २६ गते र कर्णाली प्रदेशको सुर्खेतमा माघ २८ गते कार्यक्रम हुनेछन्।

प्रदेश १‚ मधेश प्रदेश र बागमती प्रदेशका लागि भने छिट्टै कार्यक्रम तय गरिने पनि विज्ञप्तिमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.