|

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। 

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति, गृहमन्त्रीका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका सदस्यहरुको धारणा बुझ्नेछन्। निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन घोषणा गरिसकेको छ। यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ।

निर्वाचन मितिसमेत तय भइसकेको अवस्थामा माओवादीले राष्ट्रपतिबारे छलफल गर्न लागेको हो।  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रिपति चयनमा जोड दिँदै आएका छन्।

सत्ता साझेदार ठूलो दल नेकपा एमालेले भने सरकार गठनकै बेला राष्ट्रपति आफूले पाउने सहमति भएको दाबी गर्दै आएको छ।  तर प्रधानमन्त्री प्रचण्डले भने आफूलाई चुनौती नदिने व्यक्तिलाई राष्ट्रपति बनाउन चाहिरहेका छन्। सत्ता गठबन्धनभित्र राष्ट्रपतिको विषयले खटपट सुरु भएको विलेश्लेषणसमेत हुन थालेको छ। 

यद्यपि, नेताहरुले यसलाई अस्वीरका गर्दै सहमतिमै राष्ट्रपतिको टुंगो लाग्ने दाबी गर्दै आएका छन्। राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि जोड दिँदै आएका प्रधानमन्त्री प्रचण्ड  कांग्रेससँग मिल्ने हुन् कि भनेर एमाले सशंकित बनेको छ।

यस्तै, नागरिकता विवादमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदसमेत गुमाएका थिए।

हाल गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहत नै राखेका छन्। लामिछानेले पुनः नागरिकता लिएसँगै फेरि गृहमन्त्रीमा दाबी गर्दै आएका छन्। तर उनलाई तत्काल गृहमन्त्रालय नदिने अध्यक्ष प्रचण्डले अडान लिँदै आएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.