|

काठमाडौं : युक्रेनले रुसले आगामी फेब्रुअरी २४ मा ठूलो आक्रमणको योजना बनाइरहेको आशंका गरेको छ। 

गत वर्षको फेब्रुअरी २४ आक्रमण सुरु गरेको रुसले यस वर्ष ठूलो आक्रमणको योजना बनाइरहेको युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोफले बताए।  उनले मस्कोले आक्रमणको वार्षिकोत्सव मनाउन हजारौँ सैनिकलाई तयारी अवस्थामा राखेको समेत बताए। 

फेब्रुअरी २३ मा सेनाप्रति समर्पित उत्सव डिफेन्डर अफ फादरल्याण्ड मनाएकै भोलिपल्ट रुसले आक्रमण सुरु गरेको थियो। यो आक्रमण एक वर्षदेखि जारी छ। गत वर्ष रुसले युक्रेनविरुद्धको आक्रमणमा झण्डै ५ लाख सेना परिचालन गरेको युक्रेनी रक्षामन्त्री रेज्निकोफको आरोप छ।  गत सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लालादिमिर पुटिनले करिब ३ लाख जगेडा सैनिकको आंशिक परिचालनको घोषणा गरे। 

भौगोलिक अखण्डताको रक्षाका लागि भन्दै उनले थप सेना परिचालनको आवश्यकता परेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.