|

काठमाडौं : उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छिन्।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यहरूको लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरू प्रयोग गरेर हेप्ने गरेको बताइन्। आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको बताइन्।

उनले उपसभामुख अब चुप नभई (उपर) अर्थात् झनै माथि जाने भएको उल्लेख गरिन्। उनले संसदमा महिला सांसदहरूले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन्। उनले सांसदहरू काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताइन्।

उनले भनिन्, ‘मैले केही गाउँहरू भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीहरूको उपलब्धता छैन, यस्ता विषयहरू सदनमा गुन्जियोस्, सांसदहरूले यी कुराहरूमा ध्यान दिनुहुनेछ। उपसभामुखलाई उप, चुप भन्नेकुरा छ। मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु। महिला सांसदहरू हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरूले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ। हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन्।’

उपसभामुख रानाले सांसदहरूले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरू संसद्‍मा उठाउनुपर्ने जिकिर गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.