|

काठमाडौं : लमजुङको राइनास नगरपालिकाको ग १ झ ४२३ को गाडी धादिङको आदमघाटमा दुर्घटना हुँदा नगरप्रमुखसहित ४ जना घाइते भएका छन्।

काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको गाडी शुक्रबार राति सवा ८ बजे दुर्घटना भएको हो।  दुर्घटनामा परेर नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगरपालिका प्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङ र चालक जीवन ओलिया घाइते भएका छन्।

नगरपालिका उपप्रमुख पुष्पराज खनालका अनुसार ४ दुर्घटनापछि उद्दार गरेर राति नै काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो।  सामान्य उपचारपछि सबै अस्पतालबाट डिस्चार्ज भएको खनालले बताए। नगरप्रमुख गुरुङको एउटा दाँत भाँचिएको छ। उनको अहिले उपचारका लागि ह्याम्स अस्पताल पुगेका छन्। 

नगरपालिकाको कामलाई लिएर काठमाडौं  आएको नगरप्रमुखसहितको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो।  उपप्रमुख खनालका अनुसार नगरप्रमुखसहितको गाडी अगाडि रहेको र आफू अर्को गाडीमा पछि थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.