|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा बुधबार रक्तदान गरिएको छ। 

आयोगका पदाधिकारी तथा कर्मचारी‚ नेपाल प्रहरी‚ सशस्त्र प्रहरीसहित अन्य रक्तदाताले कार्यक्रममा रक्तदान गरेका थिए। १५/२० पटकभन्दा बढी रक्तदान गरिसकेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कतिपय रक्तदाताले समेत रक्तदान गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको कालीमाटीस्थित केन्द्रीय रक्तसञ्चार सेवाले रगत संकलन गरेको थियो।

स्थापनाको ३२औँ दिवस मनाउँदै टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा १६५ जनाले रक्तदान गरेको जानकारी रक्तदान कार्यक्रमका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजन अधिकारीले दिए।

रक्तदाताहरूलाई आयोगका पदाधिकारीहरूले प्रमाणपत्र प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.