|

काठमाडौं :  केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल हेर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्। 

 उपाधिका लागि सातदोबाटो युथ क्लब  र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा जारी छ। 

आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधिनजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो। 

नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छ।  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउनेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.