|

दोलखा : दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दु डाँडागाउँमा बोलेरो दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए।

बोलेरोमा सवार २५ जनामध्ये १९ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेहरूमा बैतेश्वर–३ का शम्भु दहाल, बैतेश्वर–६ का टुल्के नेपाली र सुनिता नेपाली रहेका छन्।

त्यस्तै बैतेश्वर–२ का सुनकुमार तामाङको हातमा गम्भीर चोट लागेको छ। घाइतेहरूको बैतेश्वर सामुदायिक अस्पताल मैनापोखरी र दाहाल मेडिकलमा उपचारका लागि लगिएको छ। गम्भीर घाइतेहरूलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.