|

काठमाडौं : राष्ट्रपति निर्वाचनमा नेकपा एमाले एक्लिएको छ। पुस १० मा एमालेसँग समीकरण बनाएर सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले समीकरण बदलेपछि अहिले एमाले एक्लिने अवस्थामा पुगेको हो।

एमालेको पहलमा गठन भएको सरकारमा समेत सहभागी भएका राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले एमालेकाे पक्षमा उभिएनन्। राप्रपाले कसैलाई पनि मत नदिने भन्दै तटस्थ बस्ने निर्णय गर्‍यो भने रास्वापले अन्तिममा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गर्‍यो।

पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० भन्दा बढी दलको समर्थन भएका कारण अब उनको जित सुनिश्चित जस्तै छ। संसद भवन नयाँ बानेश्वरमा मतदान गरेर बाहिरएपछि एमाले अध्यक्ष केपी ओलीलाई पत्रकारहरुले प्रश्न गरे, राष्ट्रपति निर्वाचनमा एक्लिनुभयो नि? ओलीले जवाफ दिए, ‘एक भोट मात्र आउला त यसपटक?’

संघ र प्रदेशका सांसद गरी एमालेसँग १५ हजार दुई सय ३३ मतभार रहेको छ। 

केही समयपछि गठबन्धन फेरि परिवर्तन हुन सक्ने तर्फ संकेत गर्दै ओलीले कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम नखाएकाे टिप्पणी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.